थेराङखोलाको बाढीले उत्तरी गोरखामा ४ घर र पुल बगायो
गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ र वडा नं. २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ । गएराती तीनबजे आएको बाढीले वडा नं. ४ नाम्रुङका नुर्वु ओङ्ग्याल(नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो ।बाढीबाट मानवीय क्षति भने भएको छैन । बाढी आएको बारे थाहा पाएर स्थानीयबासी भागेर ज्यान जोगाएका उनले बताए ।बाढीले सोही ठाउँको झोलुंगे पुल पनि
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







